नेभिगेशन
समाचार

बर्दियाको अमैया गाउँमा फेरि हात्तीको आतंक : स्थानीयवासीमा त्रास

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर २ अमैया गाउँमा बुधबार राति करिब १०:४० बजे जंगली हात्तीको उपस्थितिले स्थानीयवासीमा त्रास फैलिएको छ। जंगली जनावरको आक्रमणबाट यस क्षेत्रमा विगतमा पनि धेरैले ज्यान गुमाइसकेका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूमा थप चिन्ता बढेको छ।

जंगली हात्तीको आतंकका कारण बर्दिया जिल्लाका विभिन्न गाउँहरूमा बारम्बार क्षति र मानवीय हानि हुने गरेको छ। अमैया गाउँमा देखिएको यो ताजा घटनाले स्थानीयवासीलाई सतर्क रहन बाध्य बनाएको छ।

स्थानीय प्रशासन र वन विभागलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरिएको छ। साथै, सबैलाई सचेत रहन र यो सूचनालाई अधिकतम सेयर गरी अन्यलाई पनि जानकारी गराउन अनुरोध गरिएको छ।

सतर्क रहौं, सुरक्षित रहौं !

स्रोत Gopal Gurtal

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update