नेभिगेशन
समाचार

ठेक्का विज्ञापनमा अनियमितता: तिलाठी कोईलाडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको निर्माणसम्बन्धी ठेक्कामा सार्वजनिक सूचना प्रकाशनमा अनियमितता गरेको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले चार वटा बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो। तर, सूचनालाई सार्वजनिकरूपमा वितरण नगरी बदनियतपूर्वक एक-एक प्रति मात्र विज्ञापन प्रकाशित गरिएको पाइएको छ।

आयोगले सार्वजनिक सूचना गुपचुप रूपमा प्रकाशन गरेर प्रतिस्पर्धात्मक प्रक्रिया सीमित गर्ने नियत राखिएको ठहर गर्दै तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, र प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पाँच जनामाथि रु ३ लाख १६ हजार ४ सय बराबरको बिगो मागसहित कैद सजायको पनि माग दाबी गरिएको छ।

प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गते पठाएको पत्र र विभिन्न पत्रिका व्यवस्थापन प्रणाली (पिडिएफ) का अभिलेखहरूमा पनि बोलपत्र सूचना प्रकाशित नभएको पुष्टि भएको आयोगको भनाइ छ। सौर्य दैनिकमा समेत सूचना एक-एक प्रति मात्र छापिएको र प्रेस काउन्सिलमा बुझाइएको विवरण तथा डिजिटल प्रमाणहरूमा ति सूचनाहरू भेटिएको छैनन्।

आयोगले यसलाई सार्वजनिक जानकारी छिपाउने बदनियतपूर्ण कार्यका रूपमा लिएको छ र कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update