नेभिगेशन
समाचार

दुखद घटना: जाजरकोटमा भिरबाट लडी किशोरीको मृत्यु

कुशे गाउँपालिका वडा नम्बर १, माउलमा एक हृदयविदारक घटनाले सिंगो समुदायलाई शोकमा डुबाएको छ। राम बहादुर रावत र तुल्सी चलाउनेकी छोरी, कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिशा रावतको बाख्रा चराउन गएको अवस्थामा भिरबाट लडेर मृत्यु भएको छ।

यो दुखद घटनाले पहाडी क्षेत्रका जोखिमपूर्ण स्थानमा सचेतनाको आवश्यकता झल्काएको छ। मृतक मनिशाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन र आफन्तप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। यस्ता घटनाबाट बच्न सबैले विशेष सावधानी अपनाउन अनुरोध गर्दछौ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update