नेभिगेशन
समाचार

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले राजीनामा दिए

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन्।

नेता साहले सोमबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित राजीनामा बुझाएका हुन्।

साहनिकट स्रोतका अनुसार अध्यक्ष प्रचण्डको निर्देशनपछि उनले राजीनामा दिएका हुन्।

यसअघि मधेश प्रदेशसभाका माओवादी सांसदहरूले दलको नेताका रूपमा साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निरन्तर दबाब दिँदै आएका थिए। उनीहरूले साहले अपेक्षित रूपमा नेतृत्व गर्न नसकेको भन्दै राजीनामा माग गर्दै आएका थिए।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९ जना सांसद रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update