नेभिगेशन
समाचार

सप्तकोशीमा गाडीको ट्युबमा बगाएर ल्याएको २ सय किलोभन्दा बढी गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान करिब पौने ३ बजे बराह क्षेत्र १ तर्फ नदीमा तीनवटा बासले दुई वटा रबर ट्युबमा गाँजा बगिरहेको अवस्थामा फेला परेको हो ।

गाँजा ओसारपोसारको सूचनासँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट पुगेको टोलीले ८ वटा बोरामा प्याक गरिएको २ सय किलो गाँजा बरामद गरेको सुनसरीका प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रहरीकाअनुसार कोशीको पुलबाट करिब डेढ किलोमिटर उत्तरतर्फ सो ट्युब बगिरहेको अवस्थामा फेला परेको हो ।

गाँजाको ओसारपोसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update