नेभिगेशन
समाचार

अर्थमन्त्री पौडेलद्वारा आज आव २०८२ / ८३ को बजेट प्रस्तुत हुने

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

दिउँसो ३ः०० बजेका लागि बोलाइएको बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम बजेट प्रस्तुत गरिने संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन्। संसद् सचिवालयले दुवै सदनका सांसदलाई दिउँसो २ः४५ बजेभित्र प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित भइ बस्न आग्रह गरेको छ।

बजेट सार्वजनिक हुनुअघि, दिउँसो १ः३० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्नेछन्। त्यसपछि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण संसद्मा पेस गर्नेछन्।

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ः४५ बजेका लागि निर्धारण गरिएको छ। उक्त बैठकमा पनि अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update