नेभिगेशन
समाचार

महाभोज’को प्रदर्शन तत्काललाई स्थगित भएको छ,

निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ। देशको पछिल्लो विषम राजनीतिक परिस्थितिका कारण फिल्म तत्कालका लागि प्रदर्शन नगर्ने निर्णय गरिएको निर्देशक राउतले जानकारी दिए।

उनका अनुसार, "हामीले उपयुक्त समयमा फिल्म प्रदर्शन गर्ने तयारी गरेका छौं,"

‘महाभोज’ यही बिहीबारदेखि प्रदर्शनमा आउने तयारीमा थियो। तर सोही दिन सत्तारुढ दल र राजावादी समूहद्वारा काठमाडौं लगायतका विभिन्न स्थानमा प्रदर्शनहरूको आयोजना तय भएपछि निर्माताले प्रदर्शन रोक्ने निर्णय लिएका हुन्।

फिल्मको नयाँ प्रदर्शन मिति हाल तय गरिएको छैन। निर्माताले चाँडै नै फिल्म स्थगनसम्बन्धी औपचारिक सूचना सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update