नेभिगेशन
समाचार

बजेटबारे बालेनलाई दबाब दिन काठमाडौं महानगरका १५० बढी जनप्रतिनिधिको बैठक

स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता रहेको र मेयर शाहले बैठक छल्दै आएपछि दबाब दिन बैठक बढाएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका नगरसभा सदस्यहरू आज अनौपचारिक बैठक बसेका छन् । महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक बोलाउन दबाब दिने उद्देश्यले १५० जनप्रतिनिधिहरू बैठक बसेका हुन् ।

उनीहरुले मेयर बालेन शाहलाई जति सक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिन बैठक बसेको एक जनप्रतिनिधिले जानकारी दिए । केही दिन अघि कार्यपालिका ४२ मध्ये ४१ सदस्यको अनौपचारिक बैठकले पनि छिटो कार्यपालिका बैठक बोलाउन मेयर साहलाई दबाब दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update