नेभिगेशन
समाचार

बाजुरामा जीप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा नेपाल टेलिकम दुरसञ्चार प्राधिकरणका प्रमुख लोकबहादुर बिष्ट, चालक कर्ण महत र रेडियो नेपाल बडीमालिका–७ ढम्कनेका कर्मचारी रबी धामी रहेका छन्। मृतकको उमेर खुलाइएको छैन। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनास्थलमै तीनै जनाको मृत्यु भएको हो।

दुर्घटनामा बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरूको जगन्नाथ गाउँपालिकाको सहयोगमा उद्धार गरी कोल्टी आधारभूत अस्पताल पठाइएको छ।

जीप दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्रोत Yogen Yakha 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update