नेभिगेशन
समाचार

दुई बालिकामाथि बलात्कारको आरोपमा दुई जना पक्राउ

खाँदबारीमा दुई किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई र चिचिला गाउँपालिका–३ का २८ वर्षीय प्रकाश राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार उनीहरूलाई शुक्रबार खाँदबारी नगरपालिका–१ बाट पक्राउ गरिएको हो।

१६ र १७ वर्षीया दुई बालिका खाँदबारी बजार आएकै बेला ती दुई व्यक्तिले प्रलोभनमा पारेर ललाईफकाई बलात्कार गरेको पीडित पक्षको आरोप छ। पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

प्रहरीका अनुसार घटनाको गम्भीरताका कारण संखुवासभा जिल्ला अदालतबाट आइतबार म्याद थप गराई अनुसन्धान जारी राखिएको छ।

यस विषयमा प्रहरीले आवश्यक प्रमाण संकलन र अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update