नेभिगेशन
समाचार

गृहमन्त्री लेखकले प्रतिनिधिसभामा सांसदले उठाएको विषयमा आज जवाफ दिने

गृहमन्त्री रमेश लेखकले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। मंगलबार रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध गरेपछि उनले आज जवाफ दिने प्रतिबद्धता गरेको सभामुख देवराज घिमिरेले जानकारी गराएका थिए।

 प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन नदिने अडान राखेपछि आजका लागि समय निर्धारण गरिएको हो। नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न पार्टीले माग गरिरहेको छ। सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले रेशम चौधरी पक्राउ गरेर कारागार चलान गर्न पत्र पठाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, पत्र फेक भएको भन्दै सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका थिए। 

गृहमन्त्रीको सचिवालयका अनुसार बैशाख १२ गतेदेखि २३ गतेसम्म सांसदले गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयको जवाफ लेखकले दिन लागेका हुन्। प्रतिनिधि सभामा गत शुक्रबार नीति तथा कार्यक्रम पेश भएपछि छलफल जारी रहेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update