नेभिगेशन
समाचार

लुम्बिनी प्रदेशसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। शनिबार बसेको छैठौं अधिवेशनको आठौं बैठकमा ध्वनि मतका आधारमा कार्यक्रम पारित गरिएको हो।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै ध्वनि मतका आधारमा पारित भएको घोषणा गरे।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ। यस कार्यक्रमले प्रदेशको समग्र विकासलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

विगत दुई दिनदेखि नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा सांसदहरूले कार्यक्रमको प्रशंसा गर्दै बजेटमार्फत यथासम्भव कार्यान्वयन गर्न सुझाव दिएका थिए। उनीहरूले प्रस्तावित योजनाहरूलाई व्यवहारमा उतार्न नीति, स्रोत र सहकार्यको सन्तुलन आवश्यक रहेको धारणा राखेका थिए।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम प्रदेशको यथार्थ आवश्यकता र सम्भावनाका आधारमा तयार पारिएको बताए। “प्रदेश सरकार प्रस्तुत कार्यक्रमको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध छ,” उनले भने, “यसका लागि प्रभावकारी अनुगमन र समन्वय प्रणाली बनाइनेछ।”

सभामा पारित नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको आधार बनेको छ। अब सरकार नीति अनुरूप बजेट ल्याउने तयारीमा जुट्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update