नेभिगेशन
समाचार

ज्ञानेन्द्र शाह र राजावादी नेताहरूबीच लन्च मिटिङ,

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको बहाली र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सक्रिय नेताहरूसँग लन्च मिटिङ गरेका छन्। बिहीबार काठमाडौंको सोल्टी होटलमा आयोजित भेटमा उनले 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग झन्डै एक घण्टा छलफल गरेका हुन्।

"राजाले चार जना नेताहरूसँग बिहान ११ बजेदेखि लन्च मिटिङ गर्नुभएको थियो," स्रोतले जानकारी दिएको छ। यद्यपि भेटमा के-के विषयमा कुराकानी भयो भन्नेबारेमा स्रोतले स्पष्ट खुलाएको छैन।

'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि जनआन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ। राजसंस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको पुनरागमन, र संघीयताको खारेजजस्ता मागलाई मुख्य एजेन्डा बनाएर समिति चरणबद्ध रूपमा आन्दोलनमा उत्रने तयारीमा छ। सोही तयारीको सन्दर्भमा राजावादी नेताहरू पूर्वराजासँग छलफलमा बसेका हुन्।

यसअघि पनि पूर्वराजा शाह राजावादी नेताहरूसँग निरन्तर सम्पर्कमा रहँदै आएका छन्। वैशाख ५ गते उनले निर्मल निवासमा राप्रपाका ७ जना नेताहरूसँग लन्च मिटिङ गरेका थिए भने नगरकोट बसाइका क्रममा १२ दिनसम्म विभिन्न नेताहरूसँग छलफल गरेका थिए।

राजसंस्थाको पक्षमा उभिएका दल र नेताहरूबीच हाल देखिएको समन्वयले आगामी दिनमा राजसंस्थाको बहालीसम्बन्धी आन्दोलन थप संगठित र सशक्त बन्ने संकेत दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update