नेभिगेशन
समाचार

विश्वनाथ पौडेलले गभर्नरको रूपमा पदभार ग्रहण, नयाँ नोट छपाइको निर्णय पहिलो कदम

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। राष्ट्र बैंकको पदभार सम्हालेसँगै उनले पहिलो निर्णयका रूपमा पाँच सय र एक हजार दरका नयाँ नोट छपाइ गर्ने फाइलमा हस्ताक्षर गरे।

पदभार ग्रहणपछि आयोजित पत्रकार भेटघाटमा गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीतिबीचको सम्बन्धबारे स्पष्ट धारणा व्यक्त गरे। “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो,” उनले भने, “तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरेको देखिएमा हामी आवश्यक परिमार्जन गर्दै जान्छौं।”

गभर्नर नियुक्तिमा प्रतिस्पर्धामा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामाबारे पौडेलले संक्षिप्त प्रतिक्रिया दिएका थिए। “उहाँको राजीनामा आन्तरिक विषय हो,” उनले भने।

विश्वनाथ पौडेलले पदभारसँगै राष्ट्र बैंकमा नीतिगत स्पष्टता र सुधारको संकेत दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update