नेभिगेशन
समाचार

कोशी प्रदेशका चार सांसद सवार गाडी मोरङमा दुर्घटना

कोशी प्रदेशका चार जना सांसद सवार गाडी मोरङमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो करिब २ बजे मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्ग खण्डमा दुई सवारी साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बीएई १४०६ नम्बरको कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सांसदहरू सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने केही सांसद सामान्य रूपमा घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update