नेभिगेशन
समाचार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि 'हेर्न नमिल्ने', न्यायाधीश र वकिल नातेदार परेपछि सुनवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ हुन सकेन ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डे रहेको संयुक्त इजलासमा पेश भएको रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

यो रिट यसअघि पनि पाँच पटकसम्म ‘हेर्न नमिल्ने’ सूचीमै परेको थियो । एक महिनाअघि दायर भएको रिटमा हालसम्म एकपटक मात्रै सुनवाइ भएको छ ।

अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्न नियुक्त वकिल र न्यायाधीशबीच नातेदारको सम्बन्ध देखिएकाले निष्पक्षताको आधारमा न्यायाधीशहरूले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

यसले लामिछाने पक्षको रिटको सुनवाइमा निरन्तर ढिलाइ भइरहेको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update