नेभिगेशन
समाचार

महाकुम्भ मेलामा भागदौड हुँदा १४ जनाको दुखद मृत्यु

विश्वकै ठुलो धार्मिक पर्व मानिने महाकुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १५मृत्यु

 – विश्वकै ठूलो धार्मिक पर्व मानिने महाकुम्भ मेलामा मंगलबार भएको भागदौडका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। प्रहरीका अनुसार घटनामा महिला, बालबालिका र वृद्धहरू बढी प्रभावित भएका छन्।

स्थानीय प्रशासनका अनुसार तीर्थयात्रुहरूको अत्यधिक भीडका कारण एउटा संकुचित मार्गमा चाप परेपछि अचानक भागदौड मच्चिएको थियो। “भीड एक्कासि नियन्त्रणभन्दा बाहिर गयो, जसले दुर्घटना निम्त्यायो,” एक प्रत्यक्षदर्शीले भने।

घटनास्थलमा उद्धारकार्य तीव्र पारिएको छ भने घाइतेहरूको उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको छ। उत्तर प्रदेश सरकारका अधिकारीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिने घोषणा गरेका छन्।

महाकुम्भ मेला प्रत्येक १२ वर्षमा आयोजना गरिन्छ, जसमा करोडौं श्रद्धालुहरू गङ्गा नदीमा स्नान गर्न र धार्मिक अनुष्ठान गर्न भेला हुन्छन्। प्रशासनले थप सुरक्षा उपायहरू अपनाउने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update