नेभिगेशन
समाचार

बुद्ध जयन्तीका अवसरमा स्वयम्भूमा बुद्ध जयन्ती भब्यरुपमा मनाइदै

काठमाडौँको स्वयम्भूनाथ स्तूपमा २५६९औं बुद्ध जयन्तीको अवसरमा भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्।

यस वर्षको बुद्ध जयन्ती बैशाख २९ गते सोमबार पर्न आएको हो। बौद्ध समुदायका व्यक्तिहरू तथा श्रद्धालुहरूले स्वयम्भू लगायतका बौद्ध तीर्थस्थलहरूमा गई श्रद्धा र भक्तिसाथ बुद्ध जयन्ती मनाइरहेका छन्।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।

बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ ।दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update