नेभिगेशन
समाचार

ज्ञानेन्द्र शाहले 'गणतन्त्रमाथि हमला गरेको' कांग्रेसको ठहर, निश्चित सीमामा सीमित राख्न माग

ज्ञानेन्द्र शाहले 'गणतन्त्रमाथि हमला गरेको' कांग्रेसको ठहर, निश्चित सीमामा सीमित राख्न माग

सत्तारूढ नेपाली कांग्रेसका शीर्ष नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कठोर रूपमा पेस हुनुपर्ने निष्कर्षमा पुगेका छन्।

दलहरूले विगतदेखि नै देखाएको नरम व्यवहारको फाइदा उठाउँदै ज्ञानेन्द्रले गणतन्त्रमाथि हमला गरेको ठहर गर्दै कांग्रेस नेताहरूले उनलाई 'निश्चित सीमामा सीमित गर्न' माग गरेका छन्।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार आयोजित पदाधिकारी बैठकमा भेला भएका मुलुककै सबभन्दा ठूलो दलका शीर्ष नेताहरूले एक स्वरमा 'ज्ञानेन्द्रलाई सीमाभित्र राख्नुपर्ने' मत जाहेर गरेका थिए।

'दलहरूले, अझ नरम गणतन्त्रवादीका रूपमा कांग्रेसले उनीप्रति देखाएको सदासयलाई ज्ञानेन्द्रले हाम्रो कमजोरी ठान्ने गम्भीर भूल गरेका छन्,' पदाधिकारी बैठकमा बोल्ने बहुसंख्यक नेताहरूको सार एकै थियो, 'अब ज्ञानेन्द्रलाई एउटा सीमाभित्र नराखी हुँदैन।'

त्यसका लागि पूर्वराजाका रूपमा ज्ञानेन्द्रले अहिले राज्यबाट पाइरहेको सेवासुविधा नियन्त्रण गर्नेदेखि उनका गतिविधि निगरानी गर्नुपर्ने आवाज नेताहरूले उठाएका थिए।

बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार बैठकको सुरूमै गृहमन्त्री रमेश लेखकले शुक्रबारको तीनकुने घटनाबारे ब्रिफिङ गरेका थिए। त्यस क्रममा गृहमन्त्री लेखकले घटनाको सम्पूर्ण योजना र निर्देशन पूर्वराजा ज्ञानेन्द्र शाहबाटै भएको र यसको जिम्मेवारी पनि उनैले लिनुपर्ने सरकारी ठहर सुनाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update