रुकुम, चैत ११ — रुकुमको खलंगा घर भएका राजु मल्लले सपना थापा नामकी व्यक्तिबाट केही समयका लागि दिन्छु भन्दै ९५ हजार रुपैयाँ IME मार्फत लिएको खुलासा भएको छ। तर पैसा लिएपछि राजु मल्ल सम्पर्कविहीन भएका छन्।
पीडित सपना थापाका अनुसार, राजु मल्ल र उनकी श्रीमती दुर्गा मल्लले मिलेर उक्त रकम लिएका थिए। केही दिनमै फिर्ता गर्ने आश्वासन दिएपनि हालसम्म रकम फिर्ता नहुँदा उनीहरू ठगीमा परेका बताइन्छ।
संपर्कका सबै माध्यम बन्द भएपछि राजु मल्ल र दुर्गा मल्लले योजनाबद्ध रूपमा ठगी गरी फरार भएको आशंका गरिएको छ। यस सम्बन्धमा सम्बन्धित निकायमा उजुरी दिने तयारी भइरहेको थापाले जानकारी दिएकी छिन्।