जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै जाजरकाेटकाे शिवालयमा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । परीक्षा सुरु भएको एक घण्टा नहुँदै प्रश्न पत्र आउट भएको हो । प्रश्नपत्र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाटएप मार्फत ग्रुप बनाएर आउट गरिएको ग्रूपमा जोडिएका एक व्यक्तिले बताए ।
उनकाअनुसार प्रश्नपत्र शिवालय–७ मा रहेकाे वीरेन्द्र मावि जुँगाथापाचौर माविबाट बाहिरीएको हो । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्न पत्र बाहिरीएको कुरा गलत भएको बताए । तर ग्रुपमा आएको प्रश्नपत्रको फोटा खबरदृष्टिलाई उपलब्ध भएको छ ।
केन्द्राध्यक्ष खत्रीले परीक्षा केन्द्रमा आफुले निकै कडाइ गरेको बताए । परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । यद्यपि प्रश्न पत्र आउट भएको छ ।