दशकौँदेखि अमेरिका आफ्ना मित्रहरूको साथमा खडा रह्यो र उसले शत्रुहरूलाई रोकिराख्यो। अमेरिकाको त्यो दृढता अहिले उल्टिएको छ। किनकि डोनाल्ड ट्रम्प आफ्ना सहयोगीहरूलाई धम्क्याउँछन् र विरोधीहरूसँग सौदा गर्न खोज्छन्। मार्च ३ मा युक्रेनलाई दिँदै आएको सम्पूर्ण सहयोग रोकेको उनको प्रशासनले युक्रेन सैद्धान्तिक रूपमा ३० दिने युद्धविरामका लागि सहमत
यो युद्धविराम स्वीकार्न भ्लादिमिर पुटिनलाई ह्वाइट हाउसले कति दबाब दिन्छ, स्पष्ट छैन। ट्रम्पले हालै क्यानडामा भन्सार महसुल अझ थपेका छन्। क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले ‘हाम्रो जल, हाम्रो जमिन, हाम्रो देश’ हात पार्न चाहेको चेतावनी दिएका छन्।
अनि एसियालाई पनि बिर्सिनु भएन। १९६० मा आइजनहावरले जापानसँग गरेको रक्षा सन्धिको महत्त्वप्रति ट्रम्पले सन्देह उत्पन्न गरेका छन्। विश्वभर सहयोगी मुलुकहरू यो सोचेर डराउन थालेका छन्– अमेरिका पहिलो भन्नुको मतलब हामी दोस्रो, तेस्रो वा अन्तिम स्थानमा मात्र आउँछौँ।