अमेरिकी रक्षामन्त्री पिट हेगसेथले रुसविरुद्धको आक्रामक साइबर कारबाही रोक्न आदेश दिएका छन्। युक्रेन युद्ध रोक्ने कूटनीतिक प्रयासस्वरुप यो कदम चालिएको अमेरिकी अधिकारीहरूको भनाइ छ।
यद्यपि, सार्वजनिक रुपमा यसको घोषणा गरिएको छैन। रक्षा मन्त्रालयले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
हेगसेथले यूएस साइबर कमान्डलाई उक्त निर्देशन दिएका हुन्।