नेभिगेशन
समाचार

स्काउट, रेडक्रसमा राजनीतिकरण हुँदा राम्रो काम गर्न सकेनन् : नेता निधी

स्काउट, रेडक्रसमा राजनीतिकरण हुँदा राम्रो काम गर्न सकेनन् : नेता निधी

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरूमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।नेता निधिले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरूमा धेरै राजनीतिकरण भएको बताए । उनले सामाजिक संस्थाहरूलाई राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताए । उनले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताएउनले भने, ‘नेपाल स्काउट, रेडक्रस लगायतका यस्ता संस्थाहरू राजनीतिकरण धेरै भएको कारणले राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल गोल नै विकसित हुन सकिरहेको छैन । त्यसबाट जोगाएर अघि बढौँ ।’नेता निधिले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update